राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन तीब्र पार्न सरकारले बनायो संयन्त्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ४, बिहिबार (१२ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो ।

राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा बुधबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरुको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरुको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ ।

आयोजनाहरुको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । आयोजनाहरुमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरुलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस