नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष कस्तो आयो ? मुख्य योजनाकार सार्वजनिक !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार इन्द्रजित राई भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

योजनाकार राई तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् ।
रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

संम्बन्धित समचार

Leave a Reply