जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ५, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५, काठमाडौं । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई र इन्टरनेसनल फाइनान्स कर्पोरेशन आईएफसीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन जीडीपीमामा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु¥याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ ।

‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११र१२ देखि २०२०र२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ ।

प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास गरेको जनाइएको छ। प्रतिवेदनले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको स्न्यापसट प्रदान गर्न प्रकाशित र अप्रकाशित दुवै माध्यमिक डेटाको विश्लेषणलाई संयोजन गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस