अब धनगढीबाट पनि श्रम स्वीकृति, काठमाण्डौं आउने झन्झटको अन्त्य

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ माघ ८, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताए ।

उनले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिए । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाण्डु धाउनुपर्ने बाध्यता हट्नेछ । श्रम स्वीकृति लिनको लागि प्रकृति हेरेर निश्चित दस्तुर तिर्नुपर्ने कार्यालय प्रमुख जोशीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस