आफैले चलाएको भरुवा बन्दुकको गोली लाग्दा एक जनाको मृत्यु

Post Thumbnail

जेठ ५, दैलेख । दैलेखमा आफैले चलाएको भरुवा बन्दुकको गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।

नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको आफैले खेलाउँदै गरेको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

उनले बन्दुक खेलाइरहेको बेला पड्किएको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बन्दुर लाइसेन्स लिएर राखेको हो वा अवैध हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस