पानीजहाज आगलागी, १४ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ माघ ८, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाडौं ।  क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो ।

रूसको संघीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शव समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरुले अन्य ३ को शव देखेको बताएको जनाए ।

क्यान्डी र मइस्ट्रो नामका दुई पानीजहाजमा चालक दलका सदस्य तथा भारत र टर्कीका नागरिकहरु रहेको बताइएको छ । क्यान्डीमा १७ तथा मइस्ट्रोमा १४ जना चालक दलका सदस्य थिए ।

एक जहाजबाट अर्कोमा तेल भर्ने क्रममा अचानक आगो लागेको बीबीसीले जनाएको छ । आगलागी सुरु हुनासाथ चालक दलका सदस्यहरु पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए ।

दुर्घटना ब्ल्याक सीको कर्च स्ट्रेट नजिक भएको हो । उक्त स्थान गत वर्षदेखि रूस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत नोभेम्बरमा रूसले कर्च स्ट्रेटमा ३ युक्रेनी नौसैनिक जहाजमाथि जहाज आक्रमण गरी नियन्त्रणमा लिएको थियो । एफपी

ताजा अपडेट

खोजी गर्नुहोस