भारतले बन्द गर्‍यो दुई हजारका नोट, सेप्टेम्बरसम्म फिर्ता गर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ६, शनिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौँ । भारतले दुई हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंकले अबदेखि दुई हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले दुई हजारका नोट चलनमा ल्याएको थियो । ७ वर्ष चलनचल्तीमा रहेको सो नोट अब भने चल्नेछैन ।

रिजर्भ बैंकले सर्वसाधारणलाई आफूसँग भएका दुई हजारका नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ । यसका लागि आगामी सेप्टेम्बर ३० सम्म समय दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस