राप्रपाले अमेरिकालाई भन्यो-‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ६, शनिबार (१२ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ ।

अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।

राप्रपाले सो प्रतिवेदनप्रति असहमति जनाउँदै नेपालस्थित अमेरिकी राजदूतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस