‘हामी सानो कदापि छैनौँ, चाहे सरकार तुरुन्तै ढालिदिन सक्छौं’ : माधव नेपाल

जेठ ६, सिन्धुली । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूले चाहेमा सरकार तुरुन्तै ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरूलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।

शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्दै आफ्नो पार्टीलाई नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply