द भ्वाइस किड्स सिजन–२ का विजेता बने स्पन्दन सुब्बा

काठमाडौँ । द भ्वाइस किड्स सिजन–२ को विजेता स्पन्दन सुब्बा बनेका छन् ।

हिजो शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जितेका हुन् ।

उपाधिका लागि फिनालेमा सुब्बासहितका आठ जनाले प्रतिस्पर्धा गरेका थिए । विजेता सुब्बाले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यो संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए ।

संम्बन्धित समचार

Leave a Reply