सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, कस्लाई कुन मन्त्रालय ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ६, शनिबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ६, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन् । साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार अपरान्ह शपथ लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस