धितोपत्र बोर्डबाट जनता क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ ८, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट जनता क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको अनुमति दिएको छ ।

जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि कार्य गर्न पाउने गरि अनुमति दिएको हो ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको अनुमति प्राप्त गरेको छ ।

कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको जनता क्यापिटलले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस