कामीरिताको कीर्तिमान बराबरी गर्दै पासाङदावा शेर्पा २७औँ पटक सगरमाथा चुचुरोमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ८, सोमबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाण्डौँ । पासाङदावा पादवा शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

आज सोमवार शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गर्नुभएको सर्भेयर खिमलाल गौतमले जानकारी दिए । उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन् ।

योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसकेका छन् । पासाङदावा शेर्पाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन् । अब कामीरिताले २८ औँ पटकको आरोहणका लागि तयारी थालेको र मौसमले साथ दिएमा भोलि मङ्गलवार नै आरोहण थाल्ने गौतमले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस