आजको शेयर बजार : नेप्से ८.१० अंकले बढ्यो, १ अर्ब २७ करोड माथिको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ८, सोमबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । यसको आज ७ करोड भन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश सोल्टी होटल्स र ओरेन्टल होटल्सको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस