अमेरिकी अर्थतन्त्रमा समस्या: राष्ट्रपति बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फिर्ता

जेठ ९,काठमाडौँ । देशभित्रको आर्थिक समस्या चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फर्केका छन् । जी–सेभेनको बैठकमा सहभागी हुन जापान पुगेका राष्ट्रपति बाइडेन पपुवा न्युगिनी पुगेर केही सम्झौता गर्ने कार्यक्रम थियो । पपुवा न्युगिनीले अमेरिकी राष्ट्रपति बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्केको बीबीसीले जनाएको छ ।

रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ ।

सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट वञ्चित हुने बीबीसीले जनाएको छ । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदबीच पछिल्लो एक हप्तासम्म पहल भए पनि सहमति हुन भने सकेको छैन ।

यही समस्या समाधानको लागि बाइडेन सभामुख केभिन क्यार्थीसँग छलफलका लागि भ्रमण छोट्याएर स्वदेश फर्केका हुन् । यस अघि जापानको हिरोसिमामा बाइडेनले विश्व अर्थतन्त्रबारे प्रतिबद्धता नजनाएकामा विश्वका नेताहरूले आश्चर्य व्यक्त गरेका थिए ।

बाइडेनको प्रतिबद्धता नआउनुमा अमेरिकी अर्थतन्त्रको समस्या नै रहेको बीबीसीले जनाएको छ । बाइडेनले आउँदो चुनावमा आफूलाई अप्ठ्यारोमा पार्न विपक्षीहरुले समस्या सिर्जना गरेको भन्दै यसो गरिएमा अमेरिकी अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply