मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार, कुन पार्टीलाई कति मन्त्रालय ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० जेष्ठ ९, मंगलबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ९, काठमाडौँ । मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ । जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।

मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार काँग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको सभापति यादवले जानकारी दिए । मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा एकीकृत समाजवादीले कृषि मन्त्रालय पाएको छ । जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा एसकीकृत समाजवादीलाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।

यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यस्तै लोसपाले पनि एक मन्त्रालय पाएको छ । लोसपाले मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस