रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ९, मंगलबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ९, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

रिटमा पौडेलले रास्वपा सभापति लामिछाने सांसद हुन अझै पनि योग्य नरहेको दाबी गरेका छन् । नागरिकता पुनः प्राप्तिको क्रममा लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा माग गर्दै राहदानी दुरुपयोगमा उनी विरुद्ध मुद्दा नचल्ने महान्यायाधीवक्ताको कार्यालयको निर्णय उल्टाउन माग गर्दै पौडेलले रिट दायर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस