आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागहरुका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply