सात कम्पनीले पाए ब्रेकर लाइसेन्स

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, काठमाण्डौँ । नेपाल धितोपत्रबोर्ड सेबोनले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी ब्रोकरको लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।

जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए ।

आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताए । यो समाचार आर्थिक समाचार दैनिकमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस