नेपाल एअरलाइन्सले मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०,काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो ।

यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानको प्रवर्द्धनात्मक भाडादर पनि घटाएको छ । यसअघि निगमले यस उडानको भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकोमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेको छ ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस