जागिर खुल्यो भन्दै फैलिएको गलत सूचनाको भ्रममा नपर्न टेलिकमको आग्रह

जेठ १०, काठमाण्डौँ । केही दिनयता नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै फैलिएको गलत सूचनाको भ्रममा नपर्न नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

विज्ञप्तिमा भनिएको छ केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

साथै, कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ ।
यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न समेत टेलिकमले अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply