नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने

जेठ १०, काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्जकप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा सम्पन्न खेलमा भारतले ३-१ को रोमाञ्चक जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार टार्न सकेन ।

निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्‍यो । रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यसअघि तेस्रो सेटमा पहिलो पटक नेपालले १९-२३ बनाएर चार अंकको अग्रता लिएको थियो। तर, प्रगति नाथले सर्भिस कोर्टमा राख्न नसक्दा अंक २०-२३ मा पुगेको थियो। यद्यपि, सरस्वती चौधरीले चतुर्याईँपूर्वक अंक जितेपछि नेपाल सेट प्वाइन्ट नजिक पुगेको थियो।

फेरि एक पटक भारतको सशक्त स्पाइक नेपालले उठाउन नसक्दा अंक २१-२४ मा पुगेको थियो। यद्यपि, भारतको सर्भिस आउट भएसँगै नेपालले तेस्रो सेट २१-२५ ले आफ्नो पक्षमा पार्‍यो। नेपालले तेस्रो सेट जित्दा निरुता ठगुन्नाले सर्वाधिक ६ तथा सरस्वती चौधरीले चार अंक जोडेकी थिइन्।

दोस्रो सेटमा भारतलाई कठिन चुनौती दिएको नेपालले २६-२४ ले सेट गुमाउनु पर्‍यो। प्रतिस्पर्धात्मक सेटमा नेपालले पटक(पटकको अग्रता जोगाउन नसक्दा नजिक पुगेर पनि सफल भएन।

राम्रो सुरुआत गरेको नेपालले १३-१६ को अग्रता बनाएको थियो। अन्ति समयमा २१-२३ को अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई तीन अंक दिएरमात्र एक अंक लिन सक्यो। सोही अंकसँगै २४-२४ मा पुगेको खेलमा भारतले निरन्तर दुई अंक जोड्दै २-० सेटको अग्रता बनायो।

त्यसअघि पहिलो सेटमा हतास देखिएको नेपालले राम्रो सुरुआत गर्न सकेन। संगम महतोले क्विक स्पाइकमार्फत सेटको दोस्रो अंक जोड्दै १-१ बराबरी गराएकी थिइन्।

संम्बन्धित समचार

Leave a Reply