भारत भ्रमण लगतै प्रधानमन्त्री चीन भ्रमणमा जाने

जेठ ११,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको बालुवाटार स्रोतले जानकारी दियो ।

चीन भ्रमणको कुरा भएको थियो, प्रधानमन्त्रीज्यूले दिल्ली भ्रमण सकेर तिथि तय गरौंला भन्नुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘भारत भ्रमणले पारस्पारिक सद्भाव वृद्धि हुने, त्यो चीनको समेत हितमा हुने कुरा राखिएको छ ।’

प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना भइसकेको हुनाले अब भ्रमण स्वभाविक कार्यसूची बन्ने स्रोतले बतायो । बेइजिङ भ्रमणका लागि गृहकार्य थाले पनि तिथि भने दिल्ली भ्रमणपछि मात्रै तय हुने भएको छ ।

चिनियाँ राजदूतले बोआओ फोरममा प्रचण्ड नगएको बारे आफूलाई जोडेर टिप्पणी गरेको प्रति चिनियाँ राजदूतले गुनासो गरेको चर्चाबीच बालुवाटार स्रोतले त्यसबारे विस्तृतमा खुलाएन ।

यसअघि संसदमा नीति कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालमा गठबन्धन बन्ने भत्कने प्रक्रियाका कारण प्रधानमन्त्रीलाई मर्का परेको भन्दै पहिलो भ्रमण दिल्लीकै गर्दा फरक नपर्ने भनी विवादास्पद टिप्पणी गरेका थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो भ्रमण भारतकै हुने पटक पटक उल्लेख गरेका थिए । पहिलो प्रधानमन्त्रीकालमा उनी भारतभन्दा पहिले चीन गएको प्रसंग चर्चित बन्न पुगेको थियो ।

संम्बन्धित समचार

Leave a Reply