आजदेखि सिनेमा हलमा ‘हुक्का’ र ‘टुल्की’ प्रदर्शनमा

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज जेठ १२ गते शुक्रवारदेखि दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु ‘हुक्का’ तथा ‘टुल्की’ प्रदर्शनमा आएका छन् ।

शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ भने देवजंग थापाद्वारा निर्देशित ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म हो ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको ‘हुक्का’ मा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक, सन्तोषकुमार आत्रेय आदि कलाकारले अभिनय गरेका छन् ।

‘हुक्का’ प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, युजिन राई र संगीतकार श्रेष्ठको स्वर, सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्म हो, जसको छायांकन हिमाली जिल्ला डोल्पामा गरिएको छ । यो फिल्मका छायांकार शुसिल अधिकारी तथा नमराज घिमिरे हुन् ।

संम्बन्धित समचार

Leave a Reply