जेठ १५ गते रेशम चौधरीको १५ वर्ष कैद मिनाहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १२, शुक्रबार (११ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौँ । जन्म कैद भुक्तान गरिरहेका रेशम चौधरीको बाँकी १५ वर्षको कैद माफीको तयारी गरिएको छ । आगामी सोमबार गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट सरकारको सिफारिसमा माफी दिने बताइएको छ ।

आठ वर्षअघि कैलालीको टीकापुर नरसंहारमा तीन वटै तहका अदालतबाट दोषी ठहर भएका चौधरीको बाँकी कैद माफीको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु अघि बढेपछि सरकारले प्रक्रिया अघि बढाएको हो ।

हिजो साँझ प्रधानमन्त्रीसहित केही मन्त्रीहरु शीतल निवास गएको सन्दर्भ चौधरीको कैद माफी रहेको बताइएको छ । सम्भवतः आगामी क्याबिनेट बैठकमा उक्त निर्णयको लागि सिफारिस हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस