विराटनगरबाट पक्राउ परे ‘मोस्ट वान्टेड’ नक्सलवादी नेता

जेठ १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि नेपाल प्रहरीले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया पीएलएफआईका प्रमुख दिनेश गोप खुन्तीलाई पक्राउ गरी गोप्य रुपमा भारत प्रहरीलाई जिम्मा लगाइदिएको छ ।

विगत एक वर्षदेखि विराटनगरमा व्यापार गर्दै आएका गोपलाई भारतीय प्रहरीको आग्रहमा पक्राउ गरी सीमा क्षेत्रबाट भारतीय प्रहरीलाई जिम्मा लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरु इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले गोपलाई पक्राउ गरेको विषयलाई प्राथमिकताका साथ प्रकासन गरेका छन्।

नेपाल प्रहरीको विशेष व्यूरोले डेढदशकदेखि भूमिगत रहेका खुन्तीलाई विराटनगरमा पञ्जाबी ढाबा सञ्चालन गरेर बसेको अवस्थामा पक्राउ गरी भारतलाई हस्तान्तरण गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply