एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरोध

जेठ १२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।

बैठकको सुरूमै एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदहरूले एमाले नेताहरूमाथि बिना प्रमाण आरोप लगाउने, आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका हुन् ।

पशुपतिमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै सरकारले जवाफ दिनुपर्ने माग सचेतक गिरीले गरेका हुन् । सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

संम्बन्धित समचार

Leave a Reply