आज सुनको मूल्य ५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १२, शुक्रबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छापावाल सुन आज पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस