शरणार्थी प्रकरणका आरोपीको बयान सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १२, शुक्रबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी थुनछेक बहस हुनेछ ।

फरार रहेका अन्य १४ जनाको भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस