६ बुँदे मागसहित सेयर लगानीकर्ताहरूले देउवालाई बुझाए ज्ञापनपत्र

जेठ १२, काठमाडौँ । ६ बुँदे मागसहित सेयर बजारका लगानीकर्ताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन ।

बिहिबार पुँजी बजार सुधारका लागि विभिन्न मागहरु राखी ज्ञापनपत्र बुुझाएको हो । खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले देउवालाई बुझाएका हुन् ।

लगानीकर्ताले १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन्।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?