आजको मौसम : धेरै स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना

जेठ १३, काठमाण्डौँ । आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रुजन लामिछानेका अनुसार, तराईका थोरै स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ ।

काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना नरहेको लामिछानेले बताए । राईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन उनले आग्रह पनि गरे । राति पनि पहाडका केही स्थान र तराईका थोरै स्थानमा हल्का वर्षा हुने गणितीय पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ । उक्त वायुका कारण बितेको साता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply