तनहुँमा सवारी दुर्घटनामा तीनको मृत्यु

जेठ १३, काठमाण्डौँ । तनहुँ, ब्यास नगरपालिका ९ कुमाल गाउँस्थित सडकमा लु २ त ८१३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही नगरपालिका ९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगरको मृत्यु भएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, छिन्नमस्ता गाउँपालिका ३ स्थित सडकमा प्र २(०१(००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय श्‍याम कुमार यादव र मोटरसाइकल सवार विकास खंगको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल पश्चात थप उपचारको लागि राजबिराजतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply