प्रतिनिधि सभाको बैठकमा सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको चेतावनी

जेठ १३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ । शुक्रबार अवरुद्ध भएपछि स्थगित भएको बैठक शनिबार अपरान्ह ४ बजेका बोलाइएको हो ।

शुक्रबार दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनः अर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो । तर बैठक बस्न नसकेपछि शनिबार अपरान्ह ४ बजेका लागि बैठक सारिएको थियो ।

शुक्रबारको बैठकमा पशुपति मन्दिरको जलहरीबारे प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध पछि बैठक स्थगित भएको थियो ।

एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको अडान छ ।

नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालिन ओली नेतृत्व सरकारले पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले संसद अवरुद्ध गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply