विराट कोहली आइसीसी वर्ष खेलाडी घोषित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ९, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाडौं । भारतीय क्रिकेट टोलीका प्रभावशाली कप्तान विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा विराट सन् २०१८ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

आइसीसी मेन्स क्रिकेटर अफ दि इयर बनेका विराटले टेस्ट र वान डे दुवैको उत्कृष्ट खेलाडीको उपाधि चुमे ।

यसैगरी आइसीसीले मंगलबारनै टेष्ट क्रिकेटको ‘ड्रिम टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।

आइसीसीले विराट कोहलीको कप्तानीमा सन् २०१८ को ड्रिम टिम सार्वजनिक गरेको हो ।

टिममा न्युजिल्याण्ड र भारतका तीन–तीन श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इण्डिज र अस्ट्रेलियका एक–एक जना खेलाडी परेका छन् ।

टिममा परेका खेलाडीमा न्युजिल्याण्डका केन विलियमसन, टम लाथम, हेनरी निकोल्स रहेका छन् । त्यस्तै, भारतका कप्तान विराट कोहलीसहित रिशव पन्त र जस्प्रित बुम्राह छन् । श्रीलंकाका दिमुथ करुनारत्ने, दक्षिण अफ्रिकाका कागीसो राबडा, वेस्ट इण्डिजका जासन होल्डर, पाकिस्तानका मोहमद अब्बास र अस्ट्रेलियाका नाथन लायन रहेका छन् ।

यसैगरी आइसीसीले विराटकै कप्तानीमा वान डे ड्रिम टिम पनि सार्वजनिक गरेको छ ।

वान डे ड्रिम टिममा विराटसहित भारतकै रोहित शर्मा, कुलदीप यादब र जस्प्रित बुम्राह, इङ्ल्यान्डका जोनी ब्रेस्टो, जोय रुट, जोस बटलर र बेन स्टोक्स छन् ।

न्युजिल्याण्डका रोस टेलर, बंगालदेशका मुस्ताफिजुर रहमान र अफगानिस्तानका राशिद खान पनि टिममा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस