निरा पाण्डे हत्या प्रकरण : आरोपी विनोद विश्वकर्मा जेल चलान

जेठ १३, काठमाडौँ । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि विश्वकर्मालाई केन्द्रीय कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार उनले आर्थिक रुपमा समस्यामा परेपछि पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् । उनलाई गत वैशाख १६ गते झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply