नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई आजै गन्तव्यमा पठाउने तयारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० जेष्ठ १३, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । चरा ठोक्किएको आशङ्कामा फर्किएको नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई आजै गन्तव्यमा पठाउने तयारी भइरहेको छ ।

फर्किएको जहाजको प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले अर्को जहाजबाट आजै यात्रुहरुलाई बेङ्लोर पठाउन लागिएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

१ सय ५४ जना यात्रु बोकेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज उडेको ६ मिनेटमै दिउँसो २ बजेर २२ मिनेटमा विमानस्थलमै अवतरण गरेको थियो।

भारतको बेङ्लोरका लागि उडेको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको र जहाजमा कुनै पनि क्षति नभएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले उज्यालोलाई जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस