भारतको बैंग्लुरू उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाडौँ । भारतको बैंग्लुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै पुनस् काठमाडौं फर्किएको छ ।

१ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडेको एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज केही समयपछि पुनस् काठमाडौं नै फर्किएको हो ।

जहाजमा चरा ठोक्किएको आशंकापछि जहाजलाई पुनस् काठमाडौं फर्काइएको हो । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।

जहाजमा चारा ठोक्किएको पुष्टि भने हुने सकेको छैन । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको विमानस्थलले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस