कीर्तिमानी मूल्यमा अनुबन्धित भएको क्लब आउँदै गर्दा खेलाडी चढेको विमान बेपत्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । फ्रेन्च लिग वान क्लब नान्टेसबाट इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीमा अनुबन्धित भएको एमिलियानो साला चढेको विमान बेपत्ता भएको छ ।

कार्डिफले सालालाई गएको शनिबार क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । उनी चढेको सानो आकारको विमान च्यानल आइल्याण्डमाथि पुगेका बेला बेपत्ता भएको हो ।

२८ वर्षका सालासहित दुईजना रहेको पिपर मालिबु मंगलबार दिउँसो बेपत्ता भएको हो । कार्डिफ सिटीले घटना अप्रत्यासित रहेको बताएको छ । कार्डिफको विमानलाई कतै ट्रयास गर्न नसकिएको र तत्कालका लागि खोजी रोकिएको प्रहरीले जनाएको छ ।

विमानमा रहेकाहरुको कुनै संकेत नपाएको र उनीहरु पानीमा अवतरित भएको भए जीवित रहने सम्भावना निकै कम छ । सयौँ शुभचिन्तक नाटेसमा भेला भएका छन् र सालाका लागि प्राथना गरिरहेका छन् । साला नान्टेसबाट औपचारिक रुपमा बिदा भएर कार्डिफ आउँदै थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस