सन्दीपलाई आरोप लगाउने युवती नाबालिका नरहेको कागजात पुन: अदालतमा पुग्यो

जेठ १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरीको जन्ममितिको कागजात अदालतमा पुगेको छ ।

काठमाडौं जिल्ला अदालतले दोस्रो पटक किशोरीको जन्ममितिको कागजात नुवाकोटस्थित वडा र पर्साको नारायणी अस्पतालबाट मगाउन आदेश दिएको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतले किशोरीको वडाबाट र अस्पतालबाट जन्ममितिको कागजात मगाएको थियो । उक्त कागजातको उमेरका विषयमा पनि विवाद भएपछि पछिल्लो पटकको सुनुवाईले पुनस् वडा र अस्पतालबाट कागजात झिकाउन आदेश दिएको थियो ।

दोस्रो पटक मगाइएको कागजातमा पनि किशोरी नाबालिका नरहेको पुष्टि भएको छ । नुवाकोटको तादी गाउँपालिकाको कागजातमा किशोरीको वास्तविक जन्म मिति २०६१र०३र१८ उल्लेख रहेको अदालत स्रोतले जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply