प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । आज ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ ।

आजको बैठकमा प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । गएको बुधवारको बैठकमा माओवादीका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारका थुप्रै काण्ड भएको र पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएका थिए । दाहालको आरोपमा आपत्ति जनाउँदै एमालेले हिजो प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै बैठक चल्न दिएको थिएन ।

बिहान भएको छलफलपछि नेकपा एमाले संसद्को अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो ।

संसद्को अवरोध हटाउने विषयमा आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीच भएको छलफलमा जलहरीबारे माओवादीका सांसद दाहालले बोलेको विषय संसद्को रेकर्डबाट हटाउने र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि बैठकमै स्पष्ट पार्ने सहमति भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस