आजको मौसम : देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ १४, काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरूमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply