उपाधिका लागि भारत र कजाखस्तान आज भिड्दै, नेपालले तेस्रो स्थानका लागि खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र उपाधिबाट एक कदम मात्र टाढा छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस