राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै

जेठ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज ९आइतबार० दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार १२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी भद्रो १२ गते परिपक्व हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply