सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १४, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply