रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सरकारले गर्‍यो सिफारिस

जेठ १४, काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

टिकापुर काण्डमा दोषी ठहर भएका चौधरी जेल सजाय भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

संम्बन्धित समचार

Leave a Reply