माघ ९, काठमाडौं । इराकलाई १-० ले पराजित गर्दै कतार एसियन कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ। खेलको एकमात्र निर्णायक गोल बसम अल-रवी हिसनले गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा कतारी डिफेन्डर अल-रवीले ६२ औं मिनेटमा सोझै फ्री किक मार्फत गोल गरे। उक्त गोल नै खेलको निर्णायक साबित भयो। संयोग कस्तो रह्यो भने उनी इराकमा जन्मिएका हुन्।
चीन, इरान, भियतनाम, जापान, युएईं, दक्षिण कोरिया र अष्ट्रेलियासँगै कतारले अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो।