बज्रबाराही माविमा स्वर्गिय विश्वनाथ लामिछानेको स्मृतिमा अक्षयकोष

जेठ १४,काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका-६ मा रहेको बज्रबाराही माध्यमिक विद्यालयमा स्वर्गिय विश्वनाथ लामिछानेको स्मृतिमा अक्षयकोष खडा गरिएको छ । छोराहरु रामकृष्ण, राधाकृष्ण, हरिकृष्ण र राजाराम लामिछानेले स्वर्गीय बाबु विश्वनाथ लामिछानेको सम्झनामा अक्षय कोष खडा गरेका हुन् ।

५ लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिए । अक्षयकोषबाट प्राप्त ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । आवश्यकताअनुसार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । विद्यालयमा ४ सय ३७ जना विद्यार्थी अध्ययनरत् छन् । बज्रबाराहीमा रहेको सो बिद्यालय उत्तरी मकवानपुरको सवल बिद्यालयको रुपमा चिनिन्छ ।

संम्बन्धित समचार

Leave a Reply