ब्राजिलका फ्यान र अर्जेन्टिनाको फ्यान यसरी मिल्ने की !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २७, आईतबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । बार्सिलोनामा रहँदा ब्राजिलियन नेयमार र अर्जेन्टाइन सुपर स्टार लियोन मेस्सीबीच राम्रो सम्बन्ध थियो । ४ सिजनसँगै बिताएपनि यो सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । कतिपयले मेस्सीकै छायाँबाट मुक्त हुन नेयमार पिएसजी पुगेको अनुमान गरेका थिए ।

तर, पिएसजी पुगेको केहि महिना नवित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको थियो । यद्दपी स्पेन फर्कदा उनी बार्सिलोनाका लागि नभई चिर प्रतिद्धन्द्धी क्लब रियल म्याड्रिड रोज्न सक्ने अनुमान गरिएको छ ।

पुन नेयमारसँगै खेल्ने सम्भवानाका विषयमा सोधिएको एक प्रश्नमा मेस्सीले भने, ”व्यक्तिगत रुपमा उनी बार्सिलोना फर्के भने मलाई खुसी लाग्छ । उनी असाधारण खेलाडी हुन् । उनी फर्के भने त्यो हाम्रा लागि उत्कृष्ट क्षण हुनेछ ।”

तर, तथ्यलाई मान्ने हो भने उनी फर्कने सम्भावना कम रहेको मेस्सीले बताए । उनले भने, ”तर, पनि उनी फर्किए भने साच्चै सुखद हुनेछ । म खुसी हुनेछु । रियलमा जाने विकल्पका विषयमा सोधिएको प्रश्नमा मेस्सीको जवाफ थियो, यदि उनी रियल गए भने साच्चै भनौं त्यो पटक्कै राम्रो लाग्ने छैन ।”

नेयमार र मेस्सी यति बेला विश्व कप तयारीमा जुटेका छन् । चोट मुक्त भएर फर्केका नेयमार र लयमा रहेका मेस्सीबाट विश्व कपमा उच्च प्रदर्शनको अपेक्षा गरिएको छ ।

ब्राजिलका फ्यान र अर्जेन्टिनाको फ्यान यसरी मिल्ने की

जसरी मेस्सी–नेईमारको सम्बन्ध बलियो र गाढा रहेको मेस्सीले नै पुष्टि गरेका छन । त्यसरी नै यी दुई खेलाडी फरक–फरक देशका हुन भन्ने कुरा सबैलाई थाहा छ । नेईमार ब्राजिलका हुन भने मेस्सी अर्जेन्टिनाका । विश्वकप २०१८ को पुर्व सन्ध्यामा अर्जेन्टिना र ब्राजिलका फ्यानहरुको कमी छैन तर यी दुई फ्यानबीचको विवाद पनि प्राय चर्चामा आईरहन्छन ।

मेस्सी र नेईमार कुनैबेला बार्सिलोनाका महत्वपुर्ण खेलाडी थिए । यद्यपी नेईमार पिएसजीमा गएपछि मेस्सी बार्सामा रहेका छन । फेरी पनि उनिहरु एक मिल्ने सम्भावना जिवितै रहेको दुई खेलाडीले बताईरहदा दुईटैका फ्यान मिलेर फुटबलको फ्यान बन्ने की…..

ताजा अपडेट

खोजी गर्नुहोस