नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १९, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १९, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो ।

बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर छापावाल सुन १ लाख १३ हजार ३ सय पुगेको छ । शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य बढेको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस