नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट सर्वोच्चमा दर्ता, आइतबार सुनुवाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । बिहीबार वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्चमा रिट दिएका थिए ।

अधिवक्ताद्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् । रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो ।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो । अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विरोध सुरू भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस